२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ‘हाम्रो खुसी’ पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट लागु हुने

२०८० पौष २१, शनिबार प्रकाशित ( महिना अघि) ६७१ पाठक संख्या

मध्यविन्दु । नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गर्दै ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

त्यसका लागि गृहकार्यलाई तीव्रता दिँदै मध्यबिन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखिकरण तथा कार्यशाला कार्यक्रम सुरु गरेको हो।

FB_IMG_1704490675224

शुक्रबार देखि नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम सम्बन्धमा सरोकारवालाहरु लागि अभिमुखिकरण तथा कार्यशाला शुरु भएको छ ।  हाम्रो खुसि पाठ्यक्रम  निमार्ण आगामी वर्षमा लागुहुने गरी तिब्र तयारी स्वरुप विभिन्न चरणमा कार्यक्रमलाई निरन्तरर्ता दिदै आएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

गत वर्ष देखि सुरु भएको पाठ्यक्रम निमार्णले आगामी शैक्षिक सत्र २०८१ मा लागु हुने गरी तयारी तिब्र गएको अधिकारीको भनाई छ । हाम्रो खुसि पाठ्यक्रम सिकाई संगै मानव खुसि, व्यवहारीक जीवन, सभ्यतासंग जोडिएकाले यो अभियानलाई मुर्त रुप दिन नगर अघि सरेको कुरामा उँहाले जोड दिनुभयो ।

FB_IMG_1704490692090

त्यस्तै नगरको अभियान स्वरुप शिक्षकहरु लागी परेको बताउँदै आफ्ना अविभाबकलाई पनि यस बारे बुझाउन अभियान टोलिलाई उहाँले आग्रह समेत गर्नुभयो । यसले गर्दा पाठ्यक्रम संञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरको विकासका योजना मध्य शिक्षा विकासको यो अभियान निकै व्यवहारिक रहेको र नगरको यो गौरबको विषय रहने नगर प्रशासकिय प्रमुख रमेश घर्तिले बताउनुभयो ।

FB_IMG_1704490684925

नगरमा गत वर्ष देखि सञ्चालित विभिन्न कार्यक्रमबाट शिकाईमा व्यवहारीक ज्ञान ल्याउने अभियान स्वरुप कक्षा १ देखि ८ सम्मको लेखन काम करिब सम्पन्न गरेको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि देबकोटाले बताउनुभयो ।

कार्यशालाको पहिलो दिन नगर कार्यपालिका सदस्यहरु, नगरका सबै विद्यालयका  प्रधानन्यापकहरु, विद्यालय व्यवस्थापन समितिका, वडा शिक्षा समितिका संयोजक तथा प्रतिनिधि, विषय शिक्षक र नगर शिक्षा समिति पाठ्याक्रमलेखन तथा सम्पादन मण्डलहरुको सहभागीता रहेको थियो ।

FB_IMG_1704490697370

कार्यक्रम २५ गते सम्म सञ्चालन रहने छ । विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुंगा साबित हुने नगरपालिकाको विश्वास छ । मध्यविन्दु नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालय छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%३%१%३%१%

प्रतिक्रिया दिनुहोस