२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुई वर्षे बालकको डुबेर मृत्यु  

२०८० पौष १९, बिहिबार प्रकाशित ( महिना अघि) ४८२४ पाठक संख्या

कावासोती । नवलपुरमा माछा पोखरीमा डुबेर दुई वर्षे बालकको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–१५ बरौलीटार बस्ने अरुण थापा मगरको दुई वर्षे छोरा अर्किस थापा मगरको घर नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

अचानक माछा पोखरीमा खसेका बालकलाई उद्धार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%७%१%९२%६%

प्रतिक्रिया दिनुहोस