२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गैडाको आक्रमणबाट एकजना घाइते

२०८० पौष १९, बिहिबार प्रकाशित ( महिना अघि) १४३१ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती –८  स्थित मनकामना सामुदायीक वंनमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

गैडाको आक्रमणबाट कावासोती – ७ बस्ने ६५ वर्षीय जेष्ठ नागरिक पतिराम महतो गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १० बजे सामुदायीक वंनमा दाउरा खोज्ने क्रममा गैडाले आक्रमण गरेको थियो ।

उनको दाहिने खुट्टा शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%३%५%३%

प्रतिक्रिया दिनुहोस