२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

प्रकृति कृषि सहकारीको १२औं साधारण सभा सम्पन्न

२०८० पौष १९, बिहिबार प्रकाशित ( महिना अघि) ३१६ पाठक संख्या

मध्यविन्दु । प्रकृति कृषि सहकारी संस्थाको १२औँ साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष इन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पुर्णकला चौधरी प्रमुख अतिथीका रुपमा उपस्थीत रहनुभएको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले संस्था यहाँ सम्म ल्याई पुर्‍याउने समितिलाई विषेश धन्यवाद दिदै यस कृषि सहकारी संस्था भएकाले कृषकलाई आवश्यक सेवा सुविधालाई ध्यानमा राख्दै काम गर्नु पर्ने बताउनुभयो । उहाँले नगरपालिकाले कृषकहरूलाई मध्यनजर गर्दै ल्याएको योजनाबारे जानकारी दिँदै नगरले कृषि क्षेत्रको विकासमा सधैँ हातेमालो गर्दै जाने बताउनुभयो।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले कृषि सहकारी रहेकाले कृषकका हित हुने योजना सहित सेवा सुविधा थप गर्दै संस्थालाई अगाडि बढाउनु पर्ने भन्दै अब आउने समितिलाई सुझाव तथा सल्लाह प्रदान गरेका थिए । कार्यक्रममा नगरपालीकाका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्मा विशेष अतिथि रहनुभएको थियो ।

कार्यक्रममा अतिथिहरुमा जिल्ला बचत सहकारी संघका उपाध्यक्ष बद्रिनाथ नेपाल ,वडा नं १ का वडा अध्यक्ष तिलकराम न्योपाने ,२ का रामभक्त अधिकारी, जिल्ला समन्वय समितिका सदस्य लोकनाथ अर्याल ,विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेवि, वुद्धिजिवि, सेयर सदस्थ, कृषक लगाएतको उपस्थीतिमा साधारण सभा सम्पन्न भएको थियो ।

साथै समयको पाउबन्दीले गर्दा अधिवेशन भने हुन सकेन र अधिवेशन केही दिनमा हुने संस्थाले जनाएको छ । त्यस्तै उक्त कार्यक्रमका विच अधिक तथा राम्रो गुणस्तर दुध ल्याउने कृषकहरूलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिबेदन तथा भावि योजना बारे संस्थाका अध्यक्ष ईन्द्र बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दान बहादुर केसिले राख्नु भएको थियो ।

संस्थाको कोषाध्यक्ष गीता देवि काफ्लेले आर्थीक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका लेखा संयोजक नारायण प्रसाद पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । भने कार्यक्रमको सहजीकरण संस्थाको सचिव प्रकाश पाठकले गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस