२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० पौष १८, बुधबार प्रकाशित ( महिना अघि) ६४२५ पाठक संख्या

कावासोती । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको डेढ गाउँबाट कावासोती तर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटर साइकल अनियन्त्रित भई छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बौदिकाली वडा नम्बर ३ का ५५ वर्षीय रन बहादुर मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । मोटर साइकल चालक सोही ठाउँका ५१ वर्षीय यम बहादुर ठाडा मगर गम्भीर घाइते हुनु भएको छ ।

दुर्घटनाबाट घाइते भएका दुबैलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा मोटरसाइकल पछाडि बस्ने समाइली मगरलाई चिकित्सकले मृत घोषणा गरेका नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

गम्भीर घाइतेको ठाडा मगरलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%८%२%८२%८%

प्रतिक्रिया दिनुहोस