२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा २ जना घाईते

२०८० पौष १७, मंगलबार प्रकाशित ( महिना अघि) १४४० पाठक संख्या

कावासोती । नवलपुरमा बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा दुईजना घाइते भएका छन् ।

बौद्धीकाली गाउँपालिका वार्ड नं १ मचेडी स्थित कालिगण्डकी करिडोर सडकखण्डमा डेढगाउँबाट कावासोती तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक बौद्धीकाली – ३ बस्ने ५१ वर्षीय यम बहादुर ठाडा मगर र पछाडी सवार  बौद्धीकाली – २ बस्ने बर्ष ५५ को रन बहादुर स्माईली मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

घाईते भएका दुबैजनाको टाउको अनुहार र शरीरको विभिन्न भागमा गम्भीर रूपमा चोटपटक लागेकोले मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%६%१%

प्रतिक्रिया दिनुहोस