२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

ब्रहम बचत सहकारीको ३०औं वार्षिक साधारण सभा सम्पन्न

२०८० पौष १६, सोमबार प्रकाशित ( महिना अघि) ४१९ पाठक संख्या

मध्यविन्दु । ब्रहम बचत तथा ऋण सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका वार्ड नं ३ स्थित ब्रहम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काशीराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालीकाका सहकारी शाखा प्रमुख विषणु प्रसाद शर्मा प्रमुख अतिथी रहनु भएको थियो ।

FB_IMG_1704065253985

कार्यक्रममा बोल्दै शर्माले यस सहकारीले गत वर्षको तुलनामा  फड्को मारेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले अब कुनै पनि सहकारी संस्थाले आफ्नो छुट्टै पहिचान बनाएर समय अनुसारको प्रवृत्तिसँग जोडिँदै आफ्नो सहकारीलाई छुट्टै पहिचान गराउने अभियानमा लाग्न अनुरोध गर्नुभयो । जसको लागी नगर सधै हातेमालो गर्दै जाने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उक्त कार्यक्रमका विषेश अतिथी युवा स्वरोजगार नेपालका सचिव प्रीतम भुजेलले च्याँउ सरी उम्रियका सहकारीहरुले अब आफ्नो छुट्टै पहिचान बनाई बचतकर्ताको मन छुने गरी नीति तथा योजना नल्याए सहकारी संस्था धरासाईमा पर्ने भन्दै सञ्चालक समिति तथा बचतकर्ता सबैलाई चनाखो हुन आग्रह गर्नुभयो । उहाँले सहकारीहरूले उत्पादनको क्षेत्रमा लगानीलाई विशेष ध्यान दिन आजको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो ।

FB_IMG_1704065732046

सभामा प्रगति प्रतिवेदन तथा भावी योजनाबारे अध्यक्ष कासिराम पाठकले प्रकाश पार्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुभाषचन्द्र नेपालले प्रस्तुत गर्नु भएको हो । संस्थाको उपाध्यक्ष सरस्वति पन्थीले स्वाग्त मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाको सचिव जगद बन्दु अर्यालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

FB_IMG_1704065315452

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष बद्रीनाथ नेपाल ,मध्यविन्दु नगरपालीका सहकारी शाखाका कालिका काफ्ले,संस्थाका संस्थापक अध्यक्ष देवि प्रसाद पौडेल, वडा नं १ का वडा अध्यक्ष तिलकराम न्यैपाने, २ का रामभक्त अधिकारी, ३ का मान बहादुर महतो र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधी, समाजसेवि, सेयर सदस्यहरूको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रमका बिच असल ऋणी,अधिकतम बचतकर्ता ,सरकारी विद्यालयका गरिब तथा जेहेरदार विद्यार्थीहरूलाई सम्मान स्वरूप पुरस्कार वितरण समेत गरिएको थियो।

FB_IMG_1704065278099

FB_IMG_1704065431244

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस