२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

२०८० पौष १६, सोमबार प्रकाशित ( महिना अघि) १०७९ पाठक संख्या

कावासोती । जिल्लाको देवचुली नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

आइतबार साँझ साढे ७ बजेतिर देवचुली १३ दलदले मुण्डे भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको बा.प्र ०३–०३ प ९६५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक देवचुली ५ बस्ने बर्ष २९ को यामकुमार मगर सामान्य घाइते भएका छन् भने मोटरसाइकल पछाडि सवार देवचुली १३ बस्ने ३५ बर्षीय मन्त्रालय लुङ्गेली गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%५%

प्रतिक्रिया दिनुहोस