२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते  

२०८० पौष १५, आईतबार प्रकाशित ( महिना अघि) १४६२ पाठक संख्या

गैँडाकोट । गैँडाकोटमा आज साँझ मोटरसाइकल दुर्घटना २ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको गण्डकी प्रदेश ००१ प २-८०२ नम्मरको मोटरसाइकल र विपरित दिशातर्फ जादै गरेको ना ५९ प ४६५ नम्बरको मोटरसाइकल गैँडाकोट ८ स्थित राजमार्गमा ठक्करखादा २ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा गैँडाकोट नगरपालिका वडा नं: ११ घर भएका २६ वर्षका कर्ण बहादुर थापा र देवचुली नगरपालिका वडा नं: १२ घर भएका २७ वर्षका खेम बहादुर पौडेल रहेका छन् ।

घाइते दुवैजनाको बायाँ खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । राजमार्गमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाहरु बढ्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%४%२%

प्रतिक्रिया दिनुहोस