२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु

२०८० पौष १३, शुक्रबार प्रकाशित ( महिना अघि) ३१९५ पाठक संख्या

नवलपरासी । नवलपरासीमा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाल्हिन्दन गाउँपालिकाको परासी–महेशपुर सडक खण्डको परसियामा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।

पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफैँ चलाई रहेको यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिँदा उनको   घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओेमप्रकाश यादवले जानकारी दिए ।

दक्षिणबाट उत्तरतर्फ जाने क्रममा स्कुटी अनियन्त्रित भई गुप्ताको मृत्यु भएको हुन सक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी ब्लड प्रसेरका बिरामीसमेत रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%३%१%६%४%

प्रतिक्रिया दिनुहोस