२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा उद्योगको ट्रष्ट भत्किँदा १० मजदुर घाईते

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ९९५ पाठक संख्या

नवलपुर । पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाईते भएका छन् ।

बर्दघाट नगरपालिका–१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराले बताए । उद्योगको संरचना निमार्णको काम भइरँहदा क्रेनले ट्रष्टमा ठक्कर दिँदा सो घटना भएको हो ।

घाईते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भईरहेको छ । एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते एक जनालाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाईएको छ । घाईते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस