२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ४८९ पाठक संख्या

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउने उद्घोष गरेका छन् ।

बुधबार नारायणगढ– बुटवल सडकको स्तरोन्ती समयमा नै सम्पन्न गर्न माग गर्दै दबाबयात्राको क्रममा बुटवाल पुगेका रास्वपाका सभापति लामिछानेले नारायणगढ– बुटवल सडक नबनाउनेलाई धुलो चटाउने बताएका हुन् । तीन दिन हिँडेर बुटवल पुगेका लामिछानले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कानुनी अड्चनमात्रै बाधक नबनेको बताउँदै उनले भने, “ठेकेदारलाई पैसा दिइएको छैन । काम गरेको पैसा सरकारले दिएको छैन । के कारणले निर्माण व्यवसायीलाई रकम भुक्तानी दिइएन ।”

उनले एक सय १३ किमि यात्रामा देखिएका समस्या एक एक गरेर उठाउने र गल्ती गर्नेलाई रास्वपाले धुलो चटाउने बताए । “जसले गल्ती गरेको हो,” उनले भने, “सडक नबनाउनेलाई रास्वपाले धुलो चटाउनेछ ।”

उनले भने, ‘जजसले यसलाई काम गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ, सरकार, सरकारवाला र ठेकेदार कम्पनी सबैलाई भन्न चाहन्छु कुनै पनि हालतमा समय निर्धारण गरेर कहिलेसम्म यो बाटो बन्न भन्न अब बताइएन भने हामी सधैं बाटोमा धुलो खाएर हिँडैदनौं, तपाईंहरुलाई धुलो चटाउँछौं ।

जसले जनतालाई धुलो खुवाउँछ त्यसलाई जनताले धुलो चटाउँछन् । तपाईंहरुले मिसन ८० भन्नुभएको थियो नि त्यसमध्येको एउटा यो पनि हो । हामीले अहिले नै काम गरिरहेका छौं ०८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसेको छैन रास्वपा ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस