२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरका विभिन्न स्थानमा भोलि र पर्सि विद्युत अवरुद्ध हुने  

२०८० पौष ११, बुधबार प्रकाशित ( महिना अघि) ७९९ पाठक संख्या

कावासोती । नवलपुरका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार पौष १२ र १३ गतेका दिन विहान ८ बजेदेखि साझा ५ बजेसम्मको समयमा नवलपुरका विद्युत अवरुद्ध हुने भएको हो ।

कावासतीबाट प्रसारण हुने ११ केभि लाईनको नयां फिडरका लागी पोल गाडी लाईन निर्माण कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्व हुने भएको छ।

कावासोति नगरपालिका, मध्यविन्दु र हुप्सेकोट गाउपालिका लगायतका स्थानमा विद्युत सेवा अवरुद्व हुने विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीले जानकारी दिएको छ । साथै काम अगाडि नै सम्पन्न भएमा विद्युत पनि अगाडि नै सूचारु हुने पनि जनाईएको छ ।

1703675450531

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%३%

प्रतिक्रिया दिनुहोस