२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको गडार खोलामा पुल निर्माण शुरु, स्थानीय हर्षित

२०८० पौष ९, सोमबार प्रकाशित ( महिना अघि) ८५४ पाठक संख्या

मध्यविन्दु । नवलपुर जिल्लाको मध्यविन्दु – १५ अवस्थित गडार खोलामा पक्की पुल निर्माणको काम शुरु भएको छ । वर्षाको समय आवतजावत गर्न समेत कठिनाई भइरहेको गडार खोलाको पक्की पुल नगर प्रमुख भिमलाल अधिकारीले शिलान्यास गरेसँगै स्थानीय हर्षित भएका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भिमलाल अधिकारीले ५ करोड ८७ लाख ६४ हजार एक सय ३५ रुपैया ५० पैसा लागतमा निर्माण शुरु भएको पुल २०८२ असोज १८ गते निर्माण सम्पन्न हुने बताउनुभयो । पुल निर्माण पस्चात मध्यविन्दु १५ का स्थानीय संगै उक्त सडक भएर यात्रा गर्ने यात्रुहरुलाई सहजता हुने नगर प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

1703495309793

पुल नहुँदा स्थानीय तह अन्तर्गतको मुख्य बजार र नगरपालिकाको केन्द्र जोड्ने सडकबाट बिच्छेद हुनुका साथै वर्षातमा गडार खोलामा बाढीले मानिस, गाईबस्तु र खेतबारी बगाउने भएकाले आपतकालिन सेवाबाट पनि बञ्चित हुने गरेका छन् ।

FB_IMG_1703498071134

एमएस देवचुली निर्माण सेवा नवलपुरले ४५ मिटर लामो उक्त पुल २०८२ असोज २४ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो । वर्षौंदेखि वर्षातको समयमा समस्या भोग्दै आएका स्थानीय सेवाग्राहीलाई सहज र सुविधा हुनुका साथै सेवा प्रवाहमा समेत सहजता आउने मध्यविन्दु – १५ का वडा अध्यक्ष याम बहादुर केसीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१६%४%१%१%१%

प्रतिक्रिया दिनुहोस