२०८१ बैशाख २५, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणी नदीबाट उद्धार गरिएकी महिलाको मृत्यु

२०८० पौष ९, सोमबार प्रकाशित ( महिना अघि) १४४७ पाठक संख्या

गैंडाकोट । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान गैंडाकोट- २ स्थित नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको छ ।

आज बिहान ८:२० बजे नदीमा हाम फालेकी अन्दाजी ३५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेल अनुसार उनको उपचारका क्रममा बिहान ९:१० मा मृत्यु भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी भरतपुर अस्पताल पठाइएको थियो। महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%५%३%१%१%

प्रतिक्रिया दिनुहोस