२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अवैध रूपमा ल्याईएको १ सय १० बोरा प्याज बरामद

२०८० पौष ६, शुक्रबार प्रकाशित ( महिना अघि) ६६१ पाठक संख्या

कावासोती । नवलपरासीमा भारतबाट अवैध रूपमा ल्याईएको ११० बोरा प्याज प्रहरीले बरामद गरेको छ।

प्रतापपुर गाउँपालिका ५ धर्मौली र रेगैंयाको सिमानाबाट भारतिय नम्बर प्लेटको  ट्रयाक्टरमा ल्याउदै गरेको ९२ बोरा ( ४६०० केजि ) प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो।

घटनास्थलबाट प्रहरीले ट्रयाक्टर र ट्याक्ट्रको ट्रली नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्। साथै पाल्हिनन्दन गाउँपालिका वडा नं: ५ भगतपुरा स्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको अवस्थामा १८ बोरा ( ९०० केजि ) प्याज समेत प्रहरीले बरामद गरेको छ।

उक्त स्थानबाट मानिस फेला नपरेको हुँदा खोजी कार्य भैरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ। दुबै स्थानबाट गरि ११० बोरा प्याज बरामद भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस