२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेला पर्‍यो मानव कंकाल

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ३१६९ पाठक संख्या

कावासोती । नवलपुरमा मानव कंकाल फेला परेको छ ।
मंगलबार दिउँसो करिब ४:२० बजेको समयमा कावासोती नगरपालिका – १७ बरौलीस्थित मुस्कान होटेल पछाडि खेतमा रहेको शिरुको झाङमा मानव कंकाल फेला परेको हो ।

उक्त कंकाल माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडाले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक साजन कुमार शर्माले बताउनुभयो ।

स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%८%३%१३%३%

प्रतिक्रिया दिनुहोस