२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट एकजना घाइते

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) १८०३ पाठक संख्या

कावासोती । गैंडाको आक्रमणबाट नवलपुरको कावासोती नगरपालिकामा एकजना घाइते भएका छन् ।

कावासोती नगरपालिका – १ स्याउली लोकाहा बस्ने ४० वर्षीय पुष्प परियार गम्भीर घाइते भएका हुन् ।

लोकाहा खोलाबाट गाउँतिर आउँदै गरेको गैंडालाई धपाउने क्रममा परियारलाई गैंडाले आक्रमण गरेको स्थानीयबासीले बताए ।

घाईते परियारको दाहिने हात भाच्चिएको र उपचारका लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%९%३%

प्रतिक्रिया दिनुहोस