२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बालबिवाह गरेको आरोपमा बेहुला सहित ५ जना पक्राउ  

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ३७२९ पाठक संख्या

कावासोती  । नवलपुरमा बालबिवाह गरेको भन्दै बेहुला सहित पाँचजनलाई प्रहरीले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका वडा नं: १० मगरकोटबाट बेहुला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यहि मंसिर २९ गते ४० वर्षका पुरुषले १६ बर्षिया बालिकालाई बिबाह गरेको भन्ने उजुरी परेपछि नवलपुर प्रहरीले विवाह गर्ने पुरुष र उनका ४ जना आफन्तलाई पक्राउ गरेको प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिए ।

बालिकालाई ललाई फकाई जर्वजस्ती विबाह गराएको भन्ने उजुरीका आधारमा बिबाहको चाजोपाजो मिलाउने लमी समेतलाई प्रहरीले पक्राउ गरि कारबाहीको तयारी थालेको उनले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरुमाथि मुलुकी अपराध सहिता २०७४ को दफा १७३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%४%६%१%४%

प्रतिक्रिया दिनुहोस