२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा पुरुष मृत अवस्थामा फेला

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ५१७९ पाठक संख्या

चितवन । चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिका नगरपालिका – ४ सुनौलो टोल बस्ने ६० वर्षीय गिर बहादुर क्षेत्री सोही ठाउँस्थित पदमपुर सामुदायिक वनमा मंगलबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोमबार दिउँसो घाँस काट्न वनमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%४%३%२०%३%

प्रतिक्रिया दिनुहोस