२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा सडक दुर्घटना हुँदा एमाले नेताको मृत्यु

२०८० पौष १, आईतबार प्रकाशित ( महिना अघि) १३३९ पाठक संख्या

कावासोती । नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इन्चार्ज सुरज कुमार कोहारको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु।५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिदा ४८ वर्षीय कोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनु भयो ।

घाइते कोहारलाई उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । मृतक कोहारको शरीरमा बाहिरी चोट नदेखिएको साथै थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%७%२%

प्रतिक्रिया दिनुहोस