२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुर्घटना घटाउन ‘रिफ्लेक्टीभ स्टिकर,

२०८० पौष १, आईतबार प्रकाशित ( महिना अघि) ५९२ पाठक संख्या

कावासोती । नवलपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टिभ (टल्कने वस्तु) टाँस्ने अभियान सञ्चालन गर्दै आएको छ ।

जिल्लामा चिसो बढेसँगै बाक्लो हुस्सु लाग्न थालेको छ । हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नवलपुर ट्राफिकले अभियान थालेको हो ।

ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने ‘रिफ्लेक्टिभ स्टिकर, टाँसेका हुन् ।

FB_IMG_1702765904093

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ट्याक्टर र अटो रिक्सा लगायतका सवारीसाधनमा स्टीकर टाँस गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्यूतराज आचार्यले बताउनुभयो । स्टीकर राख्दा टाढैबाट देखिने भएकाले दुर्घटना न्यूनीकरण हुने हुँदा यस अभियान चलाइएकोे उहाँले बताउनुभयो ।

रातिको समयमा स्टीकर नहुँदा यातायातका साधनहरु ठोक्किन गई दुर्घटना हुने भएकोले प्रहरीले सबै सवारी साधनमा स्टीकर टाँस्नसमेत आग्रह गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार तीन दिनमा १ सय ४८ सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु ) टाँस्ने काम भएको  छ । जस मध्य ट्रक १७ वटा  , टिप्पर ४९ वटा , बस ७ , टेक्टर ४१, कार १३ र अटो २१ सवारी साधनमा रिफ्लेक्टर टाँस्ने काम भएको हो।

385530695_284238470826963_8305944297465621625_n (1)

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाउन, तीब्र गतिमा सवारी साधन नचलाउन भन्दै सवारी चालकलाई एक मिनेट सचेतनामूलक सन्देश दिइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%

प्रतिक्रिया दिनुहोस