२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते

२०८० मंसिर २८, बिहिबार प्रकाशित ( महिना अघि) ७१९७ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैंडाकोटमा मलामी बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बुटवलबाट मलामी लिएर देवघाट जाँदै गरेको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको जयश्री पुल नजिकै गए राती २ बजे दुर्घटना भएको हो ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ३८६७ नम्बरको भुस बोकेको ट्रक र बुटवलबाट लास बोकेर मलामी देवघाट हिडेको लु १ ख ८८४६ नम्बरको बस गैंडाकोटको जयश्री पुल नजिकै एक आपसमा ठक्कर खाँदा ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार रुपन्देही कन्चन गाउँपालिका वडा नं ३ का गंगादत्त ढकाल, यमबहादुर थापा, बालकृण्ण न्युरे, धनपति सापकोटा, गौरी उपाध्याय, युवराज शर्मा, दिपक अधिकारी र ट्रक चालक नवलपुरको बुलिङ्गटार गाउँपालिका वडा नं १ का नर प्रसाद बृता घाईते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको र उनिहरुलाई उपचारको लागी भरतपुरको चितवन मेडिकल कलेज पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%४%१६%१%६२%१४%

प्रतिक्रिया दिनुहोस