२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाको आउदो सनिवार साधारण सभा हुने

२०८० मंसिर २७, बुधबार प्रकाशित ( महिना अघि) ४५२ पाठक संख्या

मध्यविन्दु ।  कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आउदो सनिवार साधारण सभा हुने भएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष सुभाष नेपालका अनुसार आउदो सनिवार संस्थाको मुख्य कार्यालय परिसरमा साधारण सभा हुने जानकारी दिनुभयो । संस्थाले १०औ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभा मंसिर ३० गते सनिवार बिहान करिब १० बजेबाट सुरु हुने कोल्हुवा खानेपानीका सचिव सरस्वती पन्थीले जानकारी दिनुभयो ।

साधारण सभामा पेस हुने प्रस्तावहरु:- 
१) आर्थिक वर्ष २०७९/८० को आम्दानी खर्च अनुमोदन सम्बन्धमा
२) अध्यक्षज्युको प्रतिबेदन तथा भाबी योजना सम्बन्धमा
३) सचिवज्यूको प्रतिवेदन सम्बन्धमा
४) कोषाध्यक्षज्यूको प्रतिवेदन सम्बन्धमा
५) लेखा संयोजकको प्रतिवेदनको सम्बन्धमा
६) आर्थिक वर्ष २०८०/८१ को बजेट , योजना तथा कार्यक्रम सम्बन्धमा
५) बिबिध

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस