२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा महिला मृत अवस्थामा फेला

२०८० मंसिर २७, बुधबार प्रकाशित ( महिना अघि) ५५२१ पाठक संख्या

नवलपुर । चितवनको भरतपुर–४, भगवती टोलमा भीम तामाङको घरमा डेरा गरी बस्ने प्युठानको मालारानी नगरपालिका वडा नं–४ घर भएका ४२ वर्षीया झरना बैजाली पुनमगर आफ्नै कोठामा सुतेको अवस्थामा मृत भेटिएकी छन् ।

श्रीमान्को पहिल्यै मृत्यु भइसकेको, एक छोरा र एक छोरीको साथमा बस्दै आएकी पुनमगरको सोमबार बिहान छोराले उठाउन जाँदा मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

निज पुनमगरले प्रायःजसो मादक पदार्थ सेवन गरिरहने गरिरहेको अनुसन्धानबाट थाहा भएको र शवको मुचुल्कापश्चात पोस्टमार्टमका लासग भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१६%२१%६%

प्रतिक्रिया दिनुहोस