२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाले विभिन्न मन्त्रालयमा डेलिकेसन बुझायो

२०८० मंसिर २६, मंगलबार प्रकाशित ( महिना अघि) ५१६ पाठक संख्या

मध्यविन्दु  । नवलपुरको मध्यविन्दु – २ स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विकासका लागि थप बजेट ब्यबस्था गर्न मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । कोल्हुवा खानेपानी संस्थाका टोली पोखरा गएर विभिन्न मन्त्रालयमा डेलिकेसन बुझाएको हो ।

कोल्हुवा खानेपानीको समग्र विकास माग राख्दै, प्रसर पिल्टर प्लान्ट जडान, ईटौरामा ओभर हेड टंकी निर्माण ,पानी परीक्षण प्रयोगशालामा मिसिन जडान ,पतवारी बोरिङ्ग निर्माण स्थलमा कम्पाउन्ड वाल निर्माण र ईटौराको बोरिङ्गमा मोटर जडान लगायत सम्बन्धित मन्त्रालयका मन्त्रीहरु समक्ष डलिकेसन बुझाएको संस्थाका कार्यवाहक अध्यक्ष सुभाष चन्द नेपालले जानकारी दिनुभयो ।

1702413983076

अध्यक्ष सुभाष नेपालको नेतृत्व र पुर्व अध्यक्ष तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको सहयोगमा डेलिगेसन टोलीले सोमबार गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारी अर्याल, कृषी तथा भुमी व्यवस्था मन्त्री महेन्द्र ध्वज जि.सी, सामाजिक तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडा र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेको थियोे । सो डेसिकेसन कार्यक्रममा सचिव सरस्वती पन्थी ,कोषाध्यक्ष हिरा देवी महतो र सदस्य अग्नीधर पाठक पनि सहभागी रहेको थियो ।

1702413951131

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%१%

प्रतिक्रिया दिनुहोस