२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

दुर्गा प्रसाई मेदान्ता अस्पतालमा क्यान्सर उपचार गराउदै

२०८० मंसिर २६, मंगलबार प्रकाशित ( महिना अघि) २०६११ पाठक संख्या

नारायण शर्मा

हरियाणा ( भारत ) । बैन्क रिण नतिर्ने र नेपालमा हिन्दुराज्य स्थापना गर्ने नारा दिएर चर्चामा रहेका दुर्गा प्रसाईं गत तिनदिनदेखी भारतको हरियाणा स्थित मेदान्ता अस्पतालमा क्यान्सरको उपचार गराउन आएका छ्न । मैले १० वर्ष अघि यहि मेरो मुखको क्यान्सरको अप्रेशन गराएको हो फेरि फलोअपमा आएको हु उनले भने त्यतिखेर मेरो जिब्रो ९ ठाउबाट काटेर सिलाएको यहि हो ।

फेरि पुरानै डाक्टरलाई देखाउन आएको हु प्रसाईले भने अझै केहिदिन यहि रहन्छु १० वर्षमा केही भैसक्यो कि भनेर फलोअपमा आएको हु । १० वर्ष अघि आफ्नो आफ्नो घाँटी र मुख मा क्यान्सर देखिएर निको भएपछी आफ्नो गृह जिल्ला झापामा क्यान्सर अस्पताल खोलेको उनले सुनाए ।

उपचारको काम सकेर काठमाडौ फर्किन्छु र पुस १ गते देश ब्यापि हिन्दुधर्म स्थापनाको आन्दोलन्मा लाग्छु उनले भने नेपाल त ठुला दलका नेताहरुले खाईसकेका रैछ्न यो देश त डुबाईसकेका रैछ्न । ठुला द्ल एमाले , काङ्रेस र माओबादीका नेतालाई जेल नकोचे सम्म यो देश बन्दै बन्दैन उन्ले भने देश त भ्रष्ट नेता र माडेहरु मिलेर खाईसकेका रैछ्न । अब हामी जाग्न पर्छ नत्र देश त सक्छ्न प्रसाईले भने बैन्कको नियम फेर्ने साम्सदजति माडवारी साम्सद छ्न नेपाल देश उनिहरुलाई चाहिएकै छैन।

माडबारिहरु देश लुटन आका रैछ्न नेताले उनैलाई समर्थन गरेर देश डुबाएका रैछ्न । उपचारमा आएका प्रसाईले अब ३ दिनमा नेपाल फर्किने सुनाए । नेपालका ठुला दलका कम्तिमा ५०० नेतालाई जेल हाल्न पर्छ अनि देश बनाउन शुरु हुन्छ ५२ बर्षिय प्रसाईंले भने कम्तिमा देश डुबाउन नदिन जनता जाग्नै पर्छ ।

अब ३ वर्ष भित्र नेपालमा पढने बिद्यार्थी , पढाउने शिक्षक र उपचार गर्ने डाक्टर हुदैनन । क्षमता हुने सबै बिदेशिन बाध्य छ्न । नेताले देश सकेका रैछ्न प्र्साईले भने अब जनता नजागे नेपालै रहन्न्न । प्रसाईं आफै झापामा रहेको बि एन्ड सी क्यान्सर अस्पतालका सन्चालक हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४७%२०%३९%१६%१२%३१%

प्रतिक्रिया दिनुहोस