२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

गरिवी सहकारीको १७औं साधारण सभा सम्पन्न

२०८० मंसिर २४, आईतबार प्रकाशित ( महिना अघि) ४९० पाठक संख्या

कोल्हुवा । गरिवी निवारण चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सनिवार ईटौरामा सम्पन्न भएको छ ।

मध्यविन्दु – ३ इटौरामा संस्थाकी अध्यक्ष अम्बिका सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पुर्णकला चौधरी प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले सहकारीहरुले वितिय परिचालनहरुको ठुलो हिस्सा ओगटेको भन्दै साना साना छरिएर रहेका बचतहरुलाई एकिकृत गरेर विभिन्न व्यवसाय तथा आय मुलक काममा लगानी गदै अगाडि बढ्नु पर्ने कुरामा जोडदिनु भयो ।

त्यस्तै कार्यक्रमका विषेश अतिथि नगरपालिका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्माले नगरमा रहेका सहकारीहरुमा अनुगमन नियमनका क्रममा आवश्यक व्यवस्थापन नभए खारेजिगर्न सम्म नहिचकिचाउने बताउनुभयो । उहाँले बचत कर्ता सहकारी कर्मी तथा पदाधीकारीहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।

विषेश अतिथि रहनुभएको युवा स्वरोजकारका सचिव प्रित्तम भुर्जेलले सहकारीका सदस्यहरुलाई हित हुने कुरामा केन्द्र विन्दु बनाएर काम गर्न समितिलाई आग्रह गदै यसमा बचत गर्ने सदस्य स्वम चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले अव प्रबृद्धि मैत्रि सहकारी गराउदै यसमा सदस्यहरु सचेत संगै अधिक बचत गर्ने वानिको विकाश गर्न आग्रह गरेका थिए । कार्यक्रममा असल ऋणी, अधिकतम बचतकर्ता, असल व्यवसायी , पूर्व कार्यसमितिका पद्धदिकारी लगायतलाई सम्मान समेत गरेको थियो। संस्थाको सचिव शिव घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । विभिन्न सहकारी तथा विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनीधि,समाजसेवि , शेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस