२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

ड्राईभिङ्ग संघ गण्डकीको अधिवेशन:वरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविण सापकोटा निर्वाचित

२०८० मंसिर २४, आईतबार प्रकाशित ( महिना अघि) ४२५ पाठक संख्या

कावासोती  । ड्राईभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा भएको छ ।

अधिवेशनले कास्कीका तुलबहादुर ठकुरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविण सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा तनहूँका नवराज तिवारी, सचिवमा कास्कीका रामचन्द्र पौडेल, सहसचिवमा वाग्लुङ्गका विष्णु पन्त, कोषाध्यक्षमा स्याङ्जाका भिमलाल खनाल निर्विरोध निर्वाचित भएका छन् ।

FB_IMG_1702155458242

त्यस्तै सदस्यहरुमा नवराज दवाडी ,गोपाल अधिकारी ,हेमराज महतो,मेघनाथ देवकोटा ,मनध्वज राना ,कमला देवि गुरुङ,सुस्मिता थापा ,गंगाराम शर्मा र निवर्तमान अध्यक्ष बसन्त भट्टचन सहित १५ जनाको कार्यसमिति सर्वसम्मतरुपमा बनेको वरिष्ठ उपाध्क्षमा प्रविण सापकोटाले जानकारी दिए ।

वसन्त भट्टचनको अध्यक्षतामा भएको अधिवेशनमा ड्राईभिङ्ग स्कुल संघ नेपालका संस्थापक अध्यक्ष पुरूषोत्तम रेग्मी, निवर्तमान अध्यक्ष मोहन बहादुर गुरूङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस