२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आफ्नै छोरीलाई यौन हिंसा गरेको आरोपमा बुवा पक्राउ

२०८० मंसिर २२, शुक्रबार प्रकाशित ( महिना अघि) ८३८९ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा आफ्नै बुबाले पटक पटक ६ वर्षीया बालिकालाई यौन हिंसा गरेको घटना बाहिरिएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो ।

कावासोती निवासी पीडित बालिका माथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताउनुभयो ।

पीडित बालिकाको आमा तिन महिना देखि सम्पर्क बिहिन भएपछि पीडित बालिका र उनका ९ वर्षीय दाजु अहिले ३९ वर्षीय बुबा संगै बस्दै आएका थिए ।

आफ्नै बुबाबाट पटकपटक यौन हिंसा भएपछि बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाइन्न, साथिले आफ्नो आमालाई र आमाले विद्यालयको प्रधानाध्यापकलाई घटनाको बारेमा जानकारी गराएपछि प्रधानाध्यापकले प्रहरीकोमा घटनाको बारेमा मौखिक जानकारी गराएका थिए।

घटनाको बारेमा मौखिक जानकारी प्राप्त भएपछि आरोपित बुबालाई बिहिबार नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो।

घटनाको लिखित जाहेरी र पीडित बालिकाको संरक्षणको लागि आमालाई झिकाईएको छ । हाल सम्म प्रहरीमा घटनाको बारेमा मुद्धा दर्ता भएको छैन । पीडित बालिकाको आमाबाट जाहेरी प्राप्त भएपछि जाहेरी र घटनाको प्रकृतिको आधारमा कुन शिर्षकमा मुद्धा दर्ता हुने एकिन हुने प्रहरी निरीक्षक शर्माले बताउनुभयो । बालिकाको मध्यविन्दु जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%२%१९%३%६१%४७%

प्रतिक्रिया दिनुहोस