२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक फेन्सी व्यवसायीमाथी हातपात, दुईजना पक्राउ

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) ४६८४ पाठक संख्या

कावासोती । नवलपुरका एक जना फेन्सी व्यवसायी माथी कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

देवचुली नगरपालिका १५ प्रगतिनगर बजारमा फेन्सी पसल सन्चालन गर्दै आएका तुलसीराम भट्टराईमाथी बुधबार दिउँसो कुटपिट भएको हो । भट्टराईमाथी कुटपिटको आरोपमा प्रहरीले स्थानीय १८ वर्षीय सुजन सुनार र ५८ वर्षीय आयुष सुनारलाई पक्राउ गरेको छ ।

उनीहरुले भट्टराईलाई पसलको सटर बन्द गरेर कुटपिट गरेका हुन् । बन्द सटरबाट ठुलै आवाज आए पछि स्थानीयले भट्टराईको उद्दार गरि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

कुटपिटबाट घाईते भएका भट्टराईलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको छ । कुटपिट गर्ने दुवै जना अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%२%१०%१%२२%७%

प्रतिक्रिया दिनुहोस