२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

‘नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाई हुनुमा ठेकेदार दोषी’

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) ८०४ पाठक संख्या

नवलपुर । अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताउनुभयो ।

मंगलबार नवलपुरको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको जानकारी दिनुभयो ।

ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । यस बारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउने । फरक प्रसंगमा अर्थमन्त्री महतले संघीयताबाट पछि हट्ने प्रश्नै नआउने समेत बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%२%

प्रतिक्रिया दिनुहोस