२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२०८० मंसिर १९, मंगलबार प्रकाशित ( महिना अघि) ४३९ पाठक संख्या

चोरमारा । राष्ट्रपति रनिङशिल्ड मध्यविन्दु नगरपालिका स्तरीय प्रतियोगिता २०८० आज मंगलबारबाट सुरु भएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ स्थित नवजागरण माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । नगर भित्रका २० विद्यालयको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख भीमलाल अधिकारीले पानसमा बत्ती बालेर उत्घाटन गर्नुभयो ।

FB_IMG_1701803730183

उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले नारामा उल्लेख भएस्वरुप खेलकुद स्वास्थ संगै राष्ट्रका लागी आवश्यक रहेको भन्दै यसलाई प्रभावकारी गराउन आवश्यक रहेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागी सानै उमेर देखी विद्यार्थीहरुलाई यस क्षेत्रमा उत्प्रेरीत गदै लैजान आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

नगरप्रमुख अधिकारीले बिद्यार्थी बर्गहरुलाई खेलकुद क्षेत्रमा अगाडी बडाउन नगरले जुन सुकै कार्यक्रम सन्चालन गर्न तयार भएको बताउनु भयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भएको छ ।

FB_IMG_1701801504879

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा समेत लिएका थिए । नगरपालिका स्तरीय प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स दौड, कराते, तेक्वान्दो र मार्शल आर्ट आदि खेलहरू खेलाइने छन् ।

FB_IMG_1701801375850

उद्घाटन समारोह कार्यक्रममा मध्यविन्दु खेलकुद विकास समितिका अध्यक्ष मेघराज पाण्डेको अध्यक्षता तथा नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रम संचालन खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरीले गर्नु भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरी, नगर प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ति , नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद रेग्मी,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्र.अहरु र विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम २२ गते समापन हुने छ ।

FB_IMG_1701801519825

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस