२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

२०८० मंसिर १९, मंगलबार प्रकाशित ( महिना अघि) ३७६२ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटमा एक युवक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गैँडाकोटका स्थानीय २२ वर्षीय बिनोद बोटे रहेका छन्। उनले स्थानीय १२ वर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको आरोप छ । बोटेले मंसिर १० गते बालिकालाई ललाईफकाई गरि करणी गरेर फरार भएका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलिले मंसिर ११ गते गैँडाकोट – ६ स्थित पारिजात पार्क नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो । पक्राउ परेका बोटेमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%१%२%११%११%

प्रतिक्रिया दिनुहोस