२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट दुई जना घाइते

२०८० मंसिर १९, मंगलबार प्रकाशित ( महिना अघि) १६१० पाठक संख्या

कावासोती । नवलपुरमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । कावासोती नगरपालिकाको सिमानामा रहेको लोकाहा खोला नजिकै म‌गलबार दिउँसो ११ बजे गैंडाको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइते हुनेमा कावासोती – ६ का स्थानीय ५० वर्षीया भुलमाया वि.क र चितवन निवासी ५० वर्षीय छमबहादुर सारु मगर रहेका छन् ।

शरिरको विभिन्न भागमा चोट लागेकाले उपचारका लागि उनीहरुलाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । निकुन्जबाट चरिचरनका लागि गाउँमा आउने गैंडाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%८%

प्रतिक्रिया दिनुहोस