२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

यौनिक तथा लैगिंक अल्पसङ्ख्यक बारे अवधारणागत स्पष्टता कार्यक्रम सम्पन्न 

२०८० मंसिर १८, सोमबार प्रकाशित ( महिना अघि) २८९ पाठक संख्या

काठमाडौं । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरू प्रतिको अवधारणागत स्पष्टता बारे अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूलाई अहिले पनि समाजमा फरक तरिकाले हेर्ने व्याख्या गर्ने गरेको र समुदायले जहिले पनि यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूलाई गलत दृष्टिले मात्रै बुझने गरेको कार्यक्रममा बताइयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि  जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले, लैगिंक शब्दले महिला, पुरुष र यौनिक तथा लैगिंक अल्पसंख्यक समुहलाई समेत सम्बोधन गर्ने बताउनुभयो ।

IMG 20231203 WA0004

समाजिक सोच मूल्य मान्यताको शिकार यौनिक तथा लैगिंक अल्पसंख्यक समुह परको खत्रीले जानकारी दिनु भयो । अभिभुखिकरण कार्यक्रमलाई सहजिकरण गर्दै निल हिरा समाजकी अभियानकर्ता भूमिका श्रेष्ठले सम्बोधनको विभिन्न शब्दावलीको साथै व्यक्ति कसरी यौनिक तथा लैगिंक अल्पसंख्यक हुन पुग्छ भन्ने बारेमा जानकारी दिनु भएको थियो । सोही क्रममा घरै देखी विभेदको उच्च जोखिममा यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरू रहेको श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा नेपालको कानूनमा यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूको सम्बोधन बारे निल हिरा समाजकी कार्यकारिणी निर्देशक मनिषा ढकालले जानकारी दिनु भयो । नेपालको संविधान २०७२ को धारा १२ मा वंशीय आधार तथा लैगिंक पहिचान सहितको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था छ भने मुलुकी देवानी संहिता २०७४ को दफा ६७ मा विवाह सम्बन्धी व्यवस्थामा केवल महिला र पुरुष बिचको विवाहलाई मान्यता दिएको र कानूनले यही निर भेदभाव गरेको बताउनु भयो ।

IMG 20231203 WA0003

यसैगरी गत असारमा सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थाई अभिलेख राख्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । सोही अनुरूप लमजुङ जिल्लाका एक समलिंगी जोडीले विवाह दर्ता गरेको कार्यक्रममा जानकारी दिइयो ।

सन २०२२ मा अमेरिकी सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको पैरवी गरे वापत अन्तराष्ट्रिय सहासी महिला पुरस्कारबाट नेपालको तर्फबाट निल हिरा समाजकी भूमिका श्रेष्ठलाइ सम्मानित गरेको थियो । कार्यक्रम अमेरिकी सरकारको सहयोगमा भएको थियो भने कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरेर करिब ४५ जनाको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस