२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

अपांगता भएका व्यक्तिहरू पनि साङ्ग व्यक्ति सरह काम गर्न सक्छन् – नगर प्रमुख अधिकारी

२०८० मंसिर १७, आईतबार प्रकाशित ( महिना अघि) ३५५ पाठक संख्या

चोरमारा । “दिगो विकास लक्ष्य प्रातीको प्रतिबद्धता अपाङ्खता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नाराका साथ मध्यविन्दु नगरपालिकामा ३२औं अन्तराष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

मध्यविन्दु नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा, कोपिला नेपाल संस्थाको सहयोगमा आईतबार चोरमारामा अभिमुखीकरण, अन्तरक्रिया कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले अपाङ्खता भएका व्यक्तिले पनि अवसर पाए साङ्ग सरह काम गर्न सक्छन् भन्दै नगरले अपाङ्खताको हकहितका लागी गुरु योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

1701641437596

नगर प्रमुख अधिकारीले अब वडादेखि नगरसम्म अपाङ्ख समिति बनाएर उनिहरुको हकहितका लागी नगर तथा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाएर गर्नुभयो । उहाँले अपाङ्ख समिति बनाएर उनिहरुको आवाज समिति मार्फत सम्बोधन गर्न सहज हुने भन्दै नगरको रोबरमा रहने गरी समिति निर्माण गदै काम गर्ने कुरामा जोड दिनुभयो ।

1701641491578

कार्यक्रममा उपस्थीत अपाङ्खता भएकाहरुले आफुहरुले भोग्नु परेको समस्या र सुनुवाई हुनु पर्ने पक्षबारे आफ्नो धाराण व्यक्त गरेका थिए । उक्त कार्यक्रममा मध्यविन्दु नगरपालिकाका उपप्रमुख पुर्णकला चौधरीले सबै मिलेर छलफल गर्दै नगरबाट हुन सक्ने काममा कुनै कमी नहुने बताउनुभयो । कार्यक्रममा अधिवक्ता राधा उपध्यायले अपाङ्गता भएका व्यक्तिहरुको सम्बन्धमा भएका कानुनी व्यवस्थाहरु र स्थानीय तहको दायित्वका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

1701641546010

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस