२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

२०८० मंसिर १६, शनिबार प्रकाशित ( महिना अघि) १२८४ पाठक संख्या

कावासोती । नवलपरासीमा लुकाएर राखिएको ५४ बोरा चिनी बरामद भएको छ ।

शुक्रबार बेलुका साढे ८ बजे बर्दघाट नगरपालिका १५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जानकारी दिए ।

बरामद चिनी भन्सार कार्यालय पठाउने तयारी भइरहेको इन्स्पेक्टर पन्थीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%४%१%२%

प्रतिक्रिया दिनुहोस