२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

कोल्हुवा मध्यवर्ती बचत तथा ऋण सहकारीको १९औँ बार्षिक साधारणसभा सम्पन्न

२०८० मंसिर १५, शुक्रबार प्रकाशित ( महिना अघि) ४५५ पाठक संख्या

मध्यविन्दु । कोल्हुवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको १९औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

मध्यविन्दु २ कोल्हुवा स्थित दुर्गा मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बद्रिनाथ नेपालको सभापतित्वमा मंसिर १५ गते आयोजित सभामा नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख अतिथ्य र गण्डकी खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्माको विशेष अतिथ्यमा सम्पन्न भएको हो ।

FB_IMG_1701469219677

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले संस्थाले गरेको योगदानको प्रशांसा गर्दै नगरमा छरीएर रहेका स-साना सबै संघ संस्थाहरु संयोजन गर्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले थोरै विद्याथीहरु भएका विद्यालय,थोरै सेयर सदस्य तथा कम कारोबार भएका सहकारी संस्था र छरिएर रहेका खानेपानी संस्थाहरुलाई संयोजन गरे खर्च कम हुने भन्दै उहाँले अब नगर विशेष योजना साथ अघि बढ्ने कुरामा जोड दिनुभयो ।

FB_IMG_1701471121541

कार्यक्रमका अतिथि श्रीधर शर्मा , वडाअध्यक्ष रामभक्त अधिकारी , सुभाष नेपाल , इन्द्र बहादुर खड्का, भरत तिवारी , सरस्वती पन्थी , ज्ञान कुमारी ढकाल लगायतले संस्थाका वित्तीय सूचकमाथि प्रकाश पार्दै बोल्नु भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष बद्रिनाथ नेपालले गत आर्थिक वर्षको आर्थिक र प्रगती प्रतिबेदन तथा चालु आर्थिक वर्षको बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संस्थाको उपाध्यक्ष धनसिह चन्द बोहोराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हरी कुमारी चौधरीले गर्नुभएको थियो । भने संस्थाका सह-सचिव पुण्य प्रसाद बस्यालले आयब्याय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

FB_IMG_1701469222700

त्यस्तै कार्यक्रममा नगर सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्मा , कोल्हुवा खानेपानी संस्थाका का.अध्यक्ष सुवाष नेपाल , संस्थाका पूर्वअध्यक्ष भरत तिवारी , नन्द भाउजु महिला बचत सहकारी संस्थाको अध्यक्ष तारा बगाले, जेष्ठनागरिक टीकाराम भुसाल,पाँच पाण्डव दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष गितालाल भुसाल लगायत विभिन्न संघ संस्थाका शाखा प्रमुख तथा प्रतिनिधि, समाजसेवी सेयर सदस्य लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस