२०८१ बैशाख २७, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा कार र अटो ठोक्किँदा १ जना घाइते  

२०८० मंसिर १२, मंगलबार प्रकाशित ( महिना अघि) ८४१ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा कार र अटो ठोक्किँदा १ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नम्बर ११ समावेसी चोकमा दुर्घटना भएको हो ।

भित्री सडक अन्तर्गत धारापानीबाट दक्षिण दलदलेतर्फ आउँदै गरेको बा ५ च ३९३५ नम्बरको कार र दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ग.प्र.०४ ००१ ह ००७२ नम्बरको अटो एकापसमा ठक्कर खाँदा अटो चालक गर्भे गुरुङ घाइते भएको अस्थायी प्रहरी कार्यालय दलदलेका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।

दिउँसो सवा १२ बजे समावेशी टोलमा दुर्घटना भएको थियोे । घाइतेको देवचुली हस्पिटलमा प्राथमिक उपचार पछी थप उपचारका लागी भरतपुर पठाईएको प्रहरीले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस