२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

नारायणी सह-लगानी खानेपानी संस्थाको ५औं साधारणसभा तथा समुद्रघाटन कार्यक्रम सम्पन्न

२०८० मंसिर ९, शनिबार प्रकाशित ( महिना अघि) ४९८ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु – ४ लुसलहरी स्थित नारायणी सह-लगानी खानेपानी तथा सरसफाई संस्थाको समुट्घाटन तथा पाचौँ साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दोमन बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीमन्त्री महिन्द्र राय यादवको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।

समुघाटनपछि बोल्दै मन्त्री यादवले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुसी व्यक्त गर्नुभयो । साथै स्वस्थ र सफा खानेपानी सुलभ रुपमा पिउन पाउनुपर्छ भनिएता पनि नेपालमा २५ प्रतिशातले मात्र शुद्ध पानी  पिएको भन्दै प्रत्यक नेपालीको घरघरमा शुद्ध खानेपानी सरल रुपमा पुर्याउने योजनाका साथ आफुहरु लागी परेको मन्त्री यादवले बताउनुभयो ।

1700950185457

उहाँले संसाना खानेपानी संस्थाहरुलाई एकिकृत गरी योजना बनाएर अगाडी बढ्दै जान आग्रह गर्दै आफ्नो क्षेत्रबाट साथ सहयोग रहेको कुरामा जोड दिनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथी नगर प्रमुख भिमलाल अधिकारीले स्थानीयलाई गुस्णस्तरीय र संस्तोमा शुद्ध खानेपानी पुराउने योजना सहित अव नगर विशेष योजनाका साथ अधि बढ्ने बताउनुभयो ।

1700950249204

त्यसैगरी खानेपानी संस्थाका अध्यक्ष दोमन भण्डारीले नारायणी सहलगानी खानेपानी तथा सरसफाई संस्थाको विकास तथा विस्तारमा आफुहरु एक्यबद्ध भएर लाएको बताउँदै अन्य खानेपानीहरुमा भन्दा यो सहलगानीमा निर्मीत खानेपानीलाई अब छिट्टै नै सस्तो तथा सुलभ रुपमा लैजाने आफ्नो र संस्थाको योजना रहेको बताउनुभयो ।

1700950280147

कर्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले खानेपानीलाई कसरी हुन्छ संस्तो र शुद्ध बनाउने तथा सम्भव भएसम्म संस्थालाई समायोजन गर्दै लैजाने धारण व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका महार्निदेशक कमल राज श्रेष्ठ्, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाका निर्देशक रामचन्द्र काफ्ले, गण्डकी प्रदेश खेलकुद विकास समितिका सचिव श्रिधर शर्मा , पुर्व नगर प्रमुख चन्द्र बहादुर राना, पुर्व उपप्रमुख ओम कुमारी महतो,संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख कुल प्रसाद पौडेल, संघिय खानेपानी तथा ढल व्यवस्थापनका आयोजना पोखराका इन्जिनीयर सागर बस्याल, सेतापानी खानेपानीका अध्यक्ष उदय राज अर्याल,कोल्हुवा खानेपानीका कार्यवाहक अध्यक्ष सुभाष चन्द्र नेपाल,तस्मरीया खानेपानीका मनोज गुरुड् , वडा अध्यक्ष डिल्लीराम महतो र पुर्व वडा अध्यक्ष पदम नारायण चौधरी लगाएत विभिन्न संघ संस्थाका पदाधीकारी तथा प्रतिनिधी उपभोक्ताहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

1700950233508

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस