२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

कांग्रेस नवलपुरको सम्मेलनमा देउवासहितका शीर्ष नेता आउने 

२०८० मंसिर ९, शनिबार प्रकाशित ( महिना अघि) ४०१ पाठक संख्या

कावासोती । कांग्रेसका शीर्ष नेताहरु मंसिर ११ गते नवलपुरमा आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्न आउने भएका छन् ।

कांग्रेस पूर्वी नवलपरासीको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आउन लागेका हुन् ।

सम्मेलनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस पूर्वी नवलपरासीका जिल्ला सभापति महेन्द्रध्वज जिसीले केन्द्रीय सभापति देउवासहित महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री तथा क्षेत्र नम्बर १ का सांसद शशांक कोइराला सहभागी हुने बताए ।

सम्मेलनमा पार्टीको आन्तरिक गतिविधिसँगै जिल्लाको आर्थिक, सामाजिक र विकास निमार्णको विषयमा पनि छलफल हुने कार्यसूची छ ।

सम्मेलनको बन्द सत्रमा जिल्लाभरिका ९२ वडाका एक हजार नौ सय ७२ प्रतिनिधि सहभागी हुनेछन् भने खुला सत्रमा जिल्लाभरिका नेता कार्यकर्ता सहभागी हुने कांग्रेस नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस