२०८१ बैशाख २७, बिहिबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा थ्रेसर मेसिनमा पर्दा हातको औँला चुँडियो

२०८० मंसिर ९, शनिबार प्रकाशित ( महिना अघि) २७६० पाठक संख्या

मध्यविन्दु । थ्रेसर मेसिनमा परी कोल्हुवाका एक किसानको हातको दुवै औँला चुँडिएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर २ कोल्हुवा निवासी ३८ वर्षिय बनदेवी बोटेको आफ्नै खेतमा धान झार्ने क्रममा थ्रेसर मेसिनमा पर्दा मेसिनले उनको दुबै औँला काटेको हो ।

धानको मुट्ठा मेसिनमा राख्ने क्रममा थ्रेसर मेसिनले बोटेको बायाँ हातको चोरी औँला ,माईली औँला छिनालेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।

हिजो साँझ राति ८ बजे बाली भित्र्याउन चटारो परेपछि रातिको समयमा नै धान थ्रेसर लगाउदा उनको हातको औँला काटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेसिनमा परी गम्भीर घाईते भएकि बोटेको मध्यविन्दु जिल्ला अस्पताल डण्डा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेन्ट्रल अस्पताल भरतपुर पठाईएको र निजको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१५%४%

प्रतिक्रिया दिनुहोस