२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा गैँडाको आक्रमणमा एक जना घाइते  

२०८० मंसिर ९, शनिबार प्रकाशित ( महिना अघि) ८१८ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा गैँडाको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन् ।

जिल्लाको देवचुली नगरपालिका–३ पिप्रहरमा गैँडाले आक्रमण गर्दा वर्ष ५० का कालीराम महतो गम्भीर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।

गएराति आफ्नै घर बाहिर रहेको शौचालय जाने क्रममा अचानक गैँडाले आक्रमण गर्दा महतोको बायाँ हात र दुवै खुट्टामा गम्भीर चोट लागेको हो ।

घाइते महतोलाई उपचारका लागि नयाँ मेडिकल कलेज भतपुर चितवन लगिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस