२०८१ बैशाख २७, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको कागती खेती अवलोकन गर्दै मन्त्री भुसाल

२०८० मंसिर ८, शुक्रबार प्रकाशित ( महिना अघि) ६४७ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु – ८ रानिटारमा सञ्चालन गरिएको कागती खेतीको सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले अवलोकन गर्नुभएको छ ।

मध्यबिन्दु कागती फलफुल तरकारी उत्पादन कृषि समूहले सुरु गरेको तरकारी तथा फूल खेतीको मन्त्री डा.भुसालले शुक्रबार अवलोकन गर्नु भएको हो ।

1700828679057

कागती खेतीको अवलोकन गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘आधुनिक कृषिको विकास गरी नेपाललाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउने नै हाम्रो उद्धेश्य हो ।’ उहाँले भन्नुभयो ‘ गाउँघरमा उत्पादन भएका तरकारी तथा फलफुललाई हामीले प्रथामिकता दिनेछौं ।

मन्त्री भुसालले यहाँका किसानहरूले मेहनत गरी तरकारी तथा फूल उत्पादन गरेको बताउनुभयो । खेती गर्न सिँचाइको असुविधा छ । कृषि उत्पादनले बजार नपाउने र उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको छ । दुवै समस्या समाधानका लागि सरकारले पहल गर्ने मन्त्री भुसालले बताउनुभयो ।

IMG_20231124_141939

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%

प्रतिक्रिया दिनुहोस