२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

बुटवलमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु

२०८० मंसिर ८, शुक्रबार प्रकाशित ( महिना अघि) १४८९ पाठक संख्या

बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले दुर्घटनामा गम्भीर घाइते बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बुटवल ११ निवासी शेखर पोखरेलको भने लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%२%१०%

प्रतिक्रिया दिनुहोस