२०८१ माघ ८, मंगलबार
चितवन । चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको खैरहनी नगरपालिका – ९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनी मृत अवस्थामा फेला परेका हुन् ।
हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।