२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा

२०८० मंसिर ७, बिहिबार प्रकाशित ( महिना अघि) ५४५ पाठक संख्या

कावासोती । नवलपुरका स्थानीय तहले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधिनी एकादशीको दिन स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका , मध्यविन्दु नगरपालिका , हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका हुन् ।

नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा मङ्सिर ७ गते सार्वजनिक बिदा दिइएको हो । सङ्घीय तथा प्रदेश सरकारले दिएको बिदा बाहेक स्थानीय तहबाट पालिका स्तरको निर्णय गरी बिदा दिइएको छ ।

हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको कावासोती – १२ स्थित पिठौली चौर युवा समितिले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। स्थानिय कलाकार तथा राष्ट्रिय कलाकार राजन गुरुङ , राज सिग्देल ,ज्योति मगर,कुशल बेल्बासे लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहने जनाइएको छ ।

जिल्लाकै पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही, बालीघाट, त्रिवेणी लगायतका तीर्थस्थलहरूमा हरिबोधिनी एकादशीको अवसरमा विशेष मेला लाग्ने गर्दछ । नारायणी नदी तटीय क्षेत्रमा लाग्ने मेलाहरुमा सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार, नवलपुरको पहाडी क्षेत्रको सुन्तला, विभिन्न व्यवसायिक स्टल समेत रहने गर्दछन् ।

नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न र्जिल्ला भित्र तथा बाहिरबाट हजारौँ दर्शनार्थी आउने गर्छन् । एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस