२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कैलाशेश्वर शिवमन्दिरमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुने

२०८० मंसिर ५, मंगलबार प्रकाशित ( महिना अघि) ६३० पाठक संख्या

चोरमारा ।  नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारामा  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

चोरमारामा अवस्थित मध्यविन्दु कैलाशेश्वर शिवमन्दिर ( शिवशक्ति पिठ ) मा यही मंसिर ११ गते देखि १८ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको हो ।

शिव मन्दिरको भौतिक स्तरउन्नती सहित धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अर्जुन पुरीले बताउनुभयो ।

IMG 20231121 WA0004

महायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न मूल समारोह समिति सहित विभिन्न उपसमिति गठनको काम भइसकेको मंगलबार मन्दिर परिषरममा आयोजित पत्रकार सम्मेलन मार्फत पुरीले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेको मुखुरविन्दबाट संगितमय कथा वाचन सहित कथा अनुसारको झाकीहरु प्रस्तुत हुनेछ । धार्मिक तथा मन्दिरको सर्वाङ्र्गिण विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबै धर्मअनुरागी भक्तजनहरुलाई महायज्ञमा सहभागी हुनुहुन प्रमुख बाचक बालव्यास श्रवण न्यौपानेले अनुरोध गर्नुभयो ।

IMG 20231121 WA0009

स्थानीय समुदायको सक्रियतामा आयोजित महायज्ञबाट देवभूमी देवघाटको नजिकै र मध्यभागमा अवस्थित यस मन्दिरलाई धार्मिक पर्यटीयक स्थलको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा स्थानीय समुदायको उपस्थिति र उहाँहरुबाट प्राप्त हुने दानदक्षिणाको लागि सचिवालय मार्फत पत्रचार सहित महायज्ञमा सहभागीता बृद्धिको काम अगाडी बढेको सचिवालय संयोजक लेखनाथ भट्टराईले बताउनुभयो । महायज्ञमा दान गर्ने दानविरहरुलाई उहाँहरुले गर्नु भएको दानको आधारमा विभिन्न सम्मानको कार्यक्रमहरु तय गरिएको आर्थिक समिति संयोजक भिम गैह्रेले बताउनुभयो ।

IMG 20231121 WA0005

धनधान्याञ्चल ज्ञान महायज्ञको मंसिर ११ गते बिहान १०ः३० बजे बाजागाजा सहित विभिन्न भेषभूषायुक्त झाँकी सहित कलश यात्रा संगै दिउसो १ बजे प्रमुख अतिथिद्वारा समुद्घाटन हुने कार्यक्रम रहेको मन्दिरका उपाध्यक्ष ध्रुवप्रसाद तिवारीले बताउनुभयो । मंसिर १८ गतेसम्म चल्ने श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ मध्यबिन्दु नगरपालिकाको संरक्षण रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस