२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

२०८० मंसिर ५, मंगलबार प्रकाशित ( महिना अघि) १२१९ पाठक संख्या

कावासोती । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा आगामी पुस २६ देखि २८ गते सम्म हुने भएको छ । जिल्लाका ८ वटै स्थानिय तहहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए संगै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नवलपुरमा आयोजना हुने भएको हो ।

नवलपुरमा हुने उक्त प्रतियोगिताका लागि सोमबार कावासोतीमा भएको सरोकारवालाहरु सहितको बैठकले प्रतिवद्धता जनाएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानाकारी दिनुभयो।

“हामीले गत कार्तिक १५ गतेको बैठकले प्रदेशको खेलपर्यटन मार्फत खेल विकासका लागि प्रतियोगिताहरुलाई जिल्लाहरुको पालो–पालो गरि विकेन्द्रित गर्ने निर्णय गरेका थियौं” सदस्य सचिव शर्माले भनुभो–“आज त्यही आधारमा नवलपुरले महत्वपूर्ण निर्णय मात्रै गरेको छैन स्थानिय तहहरुले समेत प्रतियोगिता आयोजना हुँदा बढ्ने लागत खर्च समेत सहयोगका लागि प्रतिवद्धता जनाएका छन् । यसका लागि परिषदका तर्फबाट म सरोकारवाला सम्पूर्णलाई आभार व्यक्त गर्न चाहन्छु ।”

“हामीले ‘जिल्ला खेलकुद विकास समितिबाट लिखित प्रस्ताव आए पछि प्रक्रिया अगाडी बढाउने तथा प्रदेशको आयोजक समितिले अनुगमन गरेर हामीले अन्तिम निर्णय गर्छौँ”, सदस्य सचिव शर्माले भनुभो । “‘स्थानिय तहरुको समेत प्रतिबद्धता आएको छ, नवलपुरमा प्रतियोगिता हुने सम्भावना धेरै नै छ”, उहाँले भनुभयो ।

पुस २६ देखि आयोजना हुने प्रतियोगितामा ६ वटाको विधाका १२५४ खेलाडी तथा ९६ जना रेफ्री र प्रशिक्षक गरेर कुल १३५० जना सहभागी हुने छन् । हरेक पालिकाहरुले एक–एक खेल आफ्नो पालिका अन्तर्गतका खेल मैदानमा सञ्चालन गर्ने समेत प्रतिवद्धता जनाएका छन् भने उद्घाटन तथा समापन खेलहरु कावासोती स्थित नवदुर्गा खेल मैदानमा हुने गरि प्रारम्भिक निर्णय गरिएको छ ।

प्रतियोगितामा छात्ररछात्रा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र उसुका खेल सन्चालन हुने छ्न । प्रतियोगिताका लागि ३२ लाख ९१ हजार बजेट लाग्ने र गैंडाकोट, कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाले ५/५ लाख तथा हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाले ३/३ लाख दिने प्रतिबद्धता व्यक्त गरेका जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।

WhatsApp Image 2023 11 20 At 20.23.46_c20917d1 780x470

जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता एवं गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिको प्रमुख आतिथ्थ्यतामा सम्पन्न बैठकमा पूर्व आर्थिक मामिला मन्त्री रोशन बहादुर गाहा मगर, नवलपुरका सवै प्रदेश सांसदहरु, चार वटा नगर पालिका प्रमुख र चार वटा गाउँपालिका अध्यक्षहरु समेत सहभागिता रहेको सदस्य सचिव शर्माले बताउनुभयो।

सम्पन्न बैठकमा गैडाकोटका प्रमुख मदन भक्त अधिकारी, देवचुलीका प्रमुख हरि न्यौपाने, कावासोतीका प्रमुख विष्णु भुसाल, मध्यविन्दु नगर पालिकाकी उपप्रमुख पूर्ण कुमारी चौधरी, विनय त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम चौधरी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला शिक्षा समन्वय समित, प्यावसन, एन प्यावसन, जिल्ला खेलकुदका पदाधिकारीहरु, विभिन्न खेल संघका अध्यक्षहरु, शुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।

WhatsApp Image 2023 11 20 At 20.24.01_3de7a0c8 1024x461 1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस